Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


अमेरिकी डलरको मूल्य आज घट्यो


1k
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

केही दिन बढेको अमेरिकी डलरको मूल्य बिहीबार भने घटेको हाे। राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १ सय ४९ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ७० पैसा रहेको छ । बुधबार अमेरिकी डलर १ सय ४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ७१ पैसा थियो ।

भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय १ रुपैयाँ ९५ पैसा र बिक्रीदर २ सय २ रुपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १ सय ९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा तोकिएको जनाएकाे हाे ।