Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


देशका-३ प्रदेशमा मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपातको सम्भावना


1.3k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान देशको हिमाली भू-भागमा आंशिक बादल लागेको हाे। बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएकाे हाे । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, बिहीबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथे बाँकी तराई भू-भागमा भने मौसम मूख्यतया सफा रहने भएकाे हाे ।

कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।