Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


गुण्डागर्दीविरुद्ध अपरेशन: पक्राउ परेका १३ धरौटीमा रिहा


4.8k
Shares

काठमाडौं ।

प्रहरीले विशेष अपरेशनमार्फत पक्राउ गरेका गुण्डागर्दीमा संलग्न आरोपितमध्ये १३ जना धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालयले तोकेको सामान्य धरौटी रकम बुझाएपछि उनीहरू छुटेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँ का एसपी पवन भट्टराई का अनुसार चैत २० र २१ गते सञ्चालन गरिएको अपरेशनमा ३३ जनालाई पक्राउ गरिएको थियो, जसमा केहीलाई धरौटीमा छाडिएको हो।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा वकिल बम १० हजार रुपैयाँमा रिहा भएका छन् भने संजिब लामा ५० हजार, अशोक गिरी ६० हजार, अणबहादुर तामाङ १० हजारमा छुटेका छन्। त्यस्तै मिनबहादुर तामाङ, आशिष क्षेत्री, सानुबहादुर तामाङ र लक्ष्मण साउद पनि जनही १० हजार धरौटीमा रिहा भएका छन्।

यसैगरी रवि थिङ, ज्ञानबहादुर तामाङ, अकलबहादुर मोक्तान, सांगे लामा र अकलबहादुर थोकर पनि जनही १० हजार धरौटीमा छुटेका छन्। बाँकी २० जना भने हालसम्म हिरासतमा नै रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि प्रहरीले गुण्डागर्दी नियन्त्रणका लागि विशेष अपरेशन सञ्चालन गरेको थियो।