Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठक सिंहदबारमा जारी


182
Shares

काठमाडाैं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठक सिंहदबारमा जारी रहेकाे छ।


प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्नका लागि हाल बैठक जारी रहेकाे हो । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको संयोजकत्वमा १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । समितिले कानूनविद्, संविधानविद् र संसदीय अभ्यासकर्ताहरुसँग छलफल गरी नयाँ नियमावाली बनाउनेछ । यसअघि समितिको सोमबार बसेको बैठकमा महाअभियोग सम्बन्धि प्रावधान तथा प्रतिनिधि सभा समितिहरु गठन गर्ने प्रक्रियाहरुको विषयमा छलफल भएको थियो ।

तर टुंगोमा पुग्न सकेको थिएन । समितिले कार्य प्रारम्भ भएको १५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिनिधि सभाको गत चैत्र २३ गते बसेको बैठकले नयाँ नियमावली तर्जुमा गर्नका लागि पराजुली संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा डा. ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, धु्रवराज राई, निषा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, डा. सुलभ खरेल रहेका छन् ।