Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


२०८३ साल खिल निकाल्ने वर्ष भएकाे रास्वपा सभापति लामिछानेकाे तर्क


208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएकाले केही दुःख हुने र त्यो दुःख सहन सक्ने शक्ति हुनु पर्ने बताउनुभएकाे छ।

उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना दिंदै सांकेतिक हिसाबले यो वर्ष खिल निकाल्ने वर्ष भएकाले मज्जाले दुख्ने र सहने शक्त्ति हुनुपर्ने बताउनुभएकाे हाे ।