प्रकाश मैनाली,सर्लाही ।
वैदेशीक रोजगारीले गाउँबाट युवाहरु पलायन हुँदा षि मजदुर पाइनै मुश्किल भएको छ ।
मजदुर अभावले ब्यबसायीक कृषीबाटै हात निकाल्नुपर्ने अवस्थाका सर्लाहीका किसानलाई आधुनिक कृषि यन्त्रको उपलब्धता भने बरदान बनेको छ । आधुनिक कृषि यन्त्रहरूको प्रयोगले खेतीपातीलाई सहज मात्र बनाएको छैन, किसानको समय र लागतसमेत उल्लेख्य बचत गरेको छ ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार सर्लाहीको करिब २४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । विगतमा मजदुरकै भरमा खेती गर्ने कृषकहरु अहिले भने अत्याधुनिक कृषी उपकरणको प्रयोग गर्न थालेका छन् । आधुनिक कृषी उपकरणको प्रयोगले मजदुर अभावको समस्या मात्र टारेको छैन, काम छिटोछरितो भएको छ भने उत्पादन लागतमा समेत राहत मिलेको छ ।









प्रतिक्रिया दिनुहोस्