काठमाडौं ।
वर्षको अन्तिम तथा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ ।
यसदिन नेप्से परिसूचक ४.१८ अंक घटेर २८३३.६० को विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २७० कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९३ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर डेभलपमेन्टको ४९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।
यस दिन होटल तथा टुरिजम उपसमूहको परिसूचक १.०२ प्रतिशत बढेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन म्यूचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.६२ प्रतिशतभन्दा बढी घटेको छ। व्यपार, जीवन बीमा, वित्त, विकास बैंक र बैकिङ उपसमूहको परिसूचक सामान्य घटेको हो ।









प्रतिक्रिया दिनुहोस्