काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत खुलाउन माग गर्नुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरुले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेपछि साेमबार बिहानै सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले स्रोत खुलाउन माग गर्नुभएको हो । स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने उहाँको तर्क छ । सम्पत्तिको विवरण आएपछि त्यसको स्रोत पनि खुलाउन सक्नुपर्ने साम्पाङले बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हिजो सार्वजनिक भएपछि अहिले चौतर्फी चर्चा भईरहेको छ । प्रधानमन्त्री शाह र उहाँका मन्त्रीहरुसँग पर्याप्त सुन, नगद तथा जग्गाजमिन रहेको सार्वजनिक भएपछि त्यसको स्रोत पनि खोज्न थालिएको हो ।









प्रतिक्रिया दिनुहोस्