Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कानुनमन्त्री गौतमको सम्पत्ति : साढे १० लाख, १५ तोला सुन


3.1k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले आफ्नो नाममा काठमाडौं र चितवनमा दुईवटा घर रहेको उल्लेख गरेकी छन्। काठमाडौंमा श्रीमान् गृहेन्द्र घिमिरेको नाममा र चितवनमा सासु कृष्णदेवीको नाममा घर रहेको जनाइएको छ।

उनको बैंक मौज्दात १० लाख ५० हजार ३३५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। साथै, उनले दुईवटा बैंकबाट ऋण लिएको पनि खुलाइएको छ। गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंक बाट २० लाख ऋण लिएकोमा ७ लाख तिर्न बाँकी रहेको उल्लेख छ भने एभरेष्ट बैंक बाट २५ लाख ऋण लिएको जनाइएको छ।

गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको पनि विवरणमा उल्लेख गरिएको छ। उनले राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको जनाइएको छ, जसको स्रोत ऋण र तलब रहेको उल्लेख गरिएको छ।

उनका श्रीमान् गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको विवरणमा उल्लेख छ। उक्त सवारी साधन ऋण, तलब र पुरानो गाडी साटफेरमार्फत खरिद गरिएको जनाइएको छ।