Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सार्वजनिक सवारी चलाउने २ जना चालक ट्राफिक प्रहरीकाे नियन्त्रणमा


4.8k
Shares

काठमाडौं । काठमाडौंको कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई जना चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेकाे जनाएकाे हाे । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार साेही कारबाही चलाएको थियाे। चेकजाँचका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागूपदार्थ सेवन गरेको पुष्टि गरेको थियो।

संवेदनशील मानिने सार्वजनिक यातायातका चालकहरू नै नसामा लठ्ठिएर सवारी चलाएको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै चालकलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीले बताएकाे छ ।

Skip This