काठमाडाैं । विराटनगरमा जारी ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ ले आर्मी क्लबलाई पराजित गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा शनिबार राति भएकाे खेलमा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । झापालाई जित दिलाउने क्रममा स्ट्राइकर फागुराम थारूले दुई गोल गरेका थिए। खेलको प्लेयरअफ द म्याच थारुले खेलको १०औँ र ४४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । आर्मीका तर्फबाट खेलको २३औँ मिनेटमा नवीन लामाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन।
शनिबारदेखि शुरु भएकाे प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रतियोगिता अर्न्तगत आइतबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्