Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


२०८३ लाई ‘पुनर्जागरण वर्ष’ बनाउने एमाले महासचिवको उद्घोष


494
Shares

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने दृढता व्यक्त गर्नुभएको छ ।

उहाँले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गर्नुभएको हो । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उहाँले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराउनुभयो ।

पार्टी सत्तामुखी र केन्द्रमुखी हुँदा जनतासँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गर्दै अब ‘मिसन ग्रासरुट’ मार्फत जनताको घरदैलोमा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ । हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ, संकल्पलाई आशामा बदल्नेछौँ । ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ ।’

पोखरेलले एमालेलाई समृद्ध नेपालको आकांक्षा पूरा गर्ने एक मात्र भरपर्दो शक्तिको रूपमा पुनस्र्थापित गर्ने संकल्प गर्नुभयो ।