एजेन्सी । आर्टिमिस-२ मिसन चन्द्र अभियान अन्तर्गत अन्तरिक्षयान पृथ्वीतर्फ फर्किरहेको नासाले जनाएको छ ।
सन् १९७२ पछि पहिलो पटक मानवसहितको चन्द्रमातर्फको यो ऐतिहासिक यात्रा १० दिन लामो रहेको हाे । आगामी अप्रिल १ तारिखमा सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् । उनीहरू चन्द्रमाको परिक्रमा गरी पृथ्वीतर्फ फर्किरहेका छन् । अमेरिकी समय अनुसार अन्तरिक्षयानले पृथ्वीको वायुमण्डलमा करिब ४० हजार किलोमिटर प्रतिघण्टाको गतिमा प्रवेश गर्ने भएकाे हाे ।
वायुमण्डतर्फ आउँदै गर्दा यसको तल्लो भागले करिब २८ सय डिग्री सेल्सियस ताप उत्पन्न गर्ने हुँदा यो प्रक्रिया जोखिमपूर्ण मानिन्छ । अन्तरिक्ष यात्रिहरुले शून्य गुरुत्वाकर्षणपछि शरीरलाई फेरि पृथ्वी अनुकूल बनाउन विशेष पोशाक प्रयोग गरेका छन् ।अन्तरिक्षयान अमेरिकी समय अनुसार शुक्रबार राति ८ बजेर ७ मिनेटमा जमिनदेखि ३२ सय किलोमिटर टाढा प्रशान्त महाशागरमा अवतरण गर्ने भएकाे हाे ।
साेही अन्तरिक्षयानले नेपाली समय अनुसार शनिबार बिहान ५ बजेर ५० मिनेट आसपासको समयमा अवतरण गर्ने नासाले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्