Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जात विशेषमा मात्रै सीमित छैन: सांसद राई


221
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचितथ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । साेही पार्टीले भूगोल, जात र धर्मका आधारमा बाँडिएका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने उहाँको दावी छ । उहाँले मधेशको प्रतिनिधित्वमार्फत उपसभामुखमा थाकुरलाई रोज्नुको कारण खुलाउँदै उहाँले मधेश प्रदेश सबै भन्दा बढी जनसंख्या भएको तथा विगतका शासकहरूबाट बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।

लोकतन्त्रको सुन्दर पक्ष नै प्रतिष्पर्धा भएको उल्लेख गर्दै सांसद राईले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिनुभएकाे छ ।