Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


फेरि बढ्याे सुनचाँदीको मूल्य


1k
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार तोलामा चार हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार तोलामा चार हजार नौ सय ६० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला ८५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार सात सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।