Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’


2.6k
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताएका छन् ।

बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताएका हुन् । लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको उनको भनाई छ ।

रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा)की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथी हुने बताए ।

उनले भने, ‘हामीले सबैसंग कुरा गरेर नै उम्मेद्वार दर्ता गराएको हो । स्वयं रास्वपा सभापति रवि लामिछानेज्युले नै फोन गरेरपछि हामीले उम्मेद्वारी दर्ता गरेको हो, अब हामीले दर्ता गराएका छौँ, अब अरु उहाँहरुले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, गरुन । उहाँहरुले अर्कोतिर समर्थन गरेर राजनीति गर्नुहुन्छ भने गरुन्, त्यसमा मेरो केही आपत्ति छैन । मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो । रास्वपा सभापति रवि लामिछानेज्युले फोन गरेपनि नै हामीले उम्मेद्वारी दिएको हो । सबै प्रतिपक्षी एक भएपछि गरेको हो, अब राजनितिमा त्यो तलमाथी भईहाल्छ, त्यो भयो भने भोली हामी पनि देखाउँला के भयो र ।’
उहाँले खसआर्य पुरुष समुदायको सभामुख भएपछि जनजाती महिलालाई उपसभामुखको उम्मेद्वार बनाएको बताए ।