Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी


624
Shares

काठमाडाैं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् ।

ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिइसकेकी छन् ।