Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय


0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवारका थप ८ सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको हो ।

घाइतेलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ तथा नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७, २०८२) मा भएको व्यवस्थाअनुसार यसअघि छुट भएका परिवारलाई समेट्दै निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

NMB Bank
यसअघि प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको थियो । पछिल्लो निर्णयसँगै थपिएका ८ जनामा रोजित श्रेष्ठ (बनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लम्जुङ) रहेका छन् ।

त्यसैगरी बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन मूल्यांकनसम्बन्धी जानकारी पनि लिएको छ ।