Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सुन्न लायक संसद ! (भिडियाे रिपोर्ट)


1.1k
Shares

काठमाडाैं ।
प्रतिनिधि सभाका बैठकहरु रोचक रुपमा अघि बढिरहेका छन् । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट निर्वाचित भएर आएका सांसदहरुले संसदमा आफू अनुसारको शैली प्रस्तुत गरिरहेका छन् ।

जसमा उनीहरु जनताका समस्या उठाउनेदेखि वाद, प्रतिवादमा खनिन थालेका छन् । संसदमा सरकारले चालेको कदमको प्रशंसासँगै विरोध पनि भइरहेको छ । एक रिपोर्ट ।

जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट प्रतिनिधिसभामा अधिकांश नयाँ अनुहारहरुको प्रवेश भएको छ । जसमध्ये अधिकांश सांसद रास्वपाका छन् । यो निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाईको जनादेश लिएर संसदमा पहिलो दलको हैसियत बनाएको छ । रास्वपाले इतिहासकै शक्तिशाली सरकार गठन गरेर रफ्तारमा काम कारबाही अघि बढाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुरुमै मुलुकमा देखिएका बेथिति र विसंगतिलाई कम गर्न कदम चालिरहेको छ । सरकारको यो कदमको विभिन्न कोणबाट समर्थन र आलोचना भइरहेको छ ।

खासगरी प्रतिनिधिसभाका हरेक बैठकमा सरकारले सुरु गरेका कामकारबाहीको विषयमा सांसदहरुले विषय उठान गर्ने गरेका छन् । यो विषयमा संसदमा सबैभन्दा बढी आक्रामक नेकपा एमाले देखिएको छ । एमालेले हरेक बैठकमा पार्टी अध्यक्ष केपी ओली पक्राउको विषय नै उछालिरहेका छन् । तर आजको वैठकमा रास्वपा सांसद पुरुषोत्तम यादवले एमाले सांसदहरुलाई जवाफ दिंदै ओली र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलमाथि नमिठो प्रहार गरे ।