Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने


1.5k
Shares

काठमाडाैं । उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्।

प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

सभामुख रास्वपा उपसभापति अर्याल बनेका थिए। सभामुख र उपसभामुख एकै दलबाट बन्न मिल्दैन। उपसभामुख रास्वपाबाहेक दलका सांसद निर्वाचित हुनेछन्।