काठमाडाैं । नेपाली कांग्रेसले इन्धनको मूल्यवृद्धि, खाद्यन्नको अभाव, बजार मूल्य वृद्धि लगायतका समस्या समाधानका लागि तत्काल आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीका सांसद प्रकाशसिंह कार्की भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले ती समस्या समाधानका लागि अल्पकालिन र दीर्घकालिन खालको योजना बनाएर काम गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।
सांसद कार्कीले नेपाल बाह्य मुलुकको चलखेल गर्ने अखडा बन्ने खतरा रहेकाले सरकारले त्यस सम्बन्धमा विचार गरेर अघि बढन आवश्यक रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हालको भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै उत्पन्न हुने विविध समस्या र चुनौतिहरुमा सरकारको गम्भिर ध्यानाकर्षणको आवश्यक्ता छ । यस्ता समस्याहरुलाई पहिचान गर्दै सरकारले पूर्व तयारी गर्नुपर्ने आवश्यकता ठानेको छु । यसले मुलुकमा उत्पन्न हुने अल्पकालिन र दीर्घकालीन विपद पहिचान गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।
इन्धनको मूल्य वृद्धि, खाद्यन्नको अभाव, बजार मुल्य वृद्धि नियन्त्रणको लागि आवश्यक योजना बनाउनु आजको प्राथमिकता हो । यसमा सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसद कार्कीले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारले गम्भिरतापूर्वक काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्