Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


मोटरसाइकल ठोक्किएर आगो लाग्दा घटनास्थलमै तीन विद्यार्थीको जलेर मृत्यु


4.2k
Shares

काठमाडाैं ।
महोत्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा जलेश्वर–बर्दिबास सडकखण्डमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए। ठक्करलगत्तै दुवै सवारीमा आगलागी हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्ट का अनुसार मृतक र घाइतेको पहिचान अझै खुल्न सकेको छैन।

दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको जनाइएको छ। उनीहरूको जलेश्वर स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत चिनिन नसक्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको खुल्न आएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।