Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


किसानलाई धानको बीउमा ५० प्रतिशत अनुदान दिने लालझाँडी गाउँपालिकाकाे निर्णय


208
Shares

काठमाडाैं । कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

साेही पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लागेको जनाएकाे हाे । पालिकाका कृषि अधिकृत दशरथ साउदले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत उन्नत धानको बीउ वितरणका लागि कृषि समूह, सहकारीमार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको बताउनुभयाे ।

किसानले पचास प्रतिशत व्यहोर्ने गरी पालिकाले पाँच लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभएकाे छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि धानको बीउ उत्पादनका लागि किसानलाई ५० प्रतिशत अनुदान दिन लागेको जनाएकाे हाे । केन्द्रका प्रमुख हरिप्रसाद पनेरुले कृषि समूह, फार्म, सहकारीमार्फत किसानलाई उक्त अनुदान उपलब्ध गराउन लागिएकाे बताउनभयाे ।

कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान हरेको छ । पछिल्लो समय व्यवसायिक रूपमा कृषिमा लागेका किसानका लागि प्रदेश सरकार र स्थानीय पालिकाले अनुदान उपलब्ध गराउँदै आएका हुन् ।