Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

पहिलाे चरणमा सनराइजर्सले लखनउकाे सामना गर्ने

312
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई वटा खेल हुने भएका छन् ।

भारतकाे हैदरावादमा आइतबार दिउँसो पौने ४ बजेदेखि हुने पहिलाे खेल चरणकाे खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सकाे सामना गर्ने भएकाे हाे । हैदरावाद तीन खेलमा दोस्रो जितको खोजीमा रहेकाे छ। लखनउ भने दुई खेलमा पहिलो जितको खोजीमा रहेकाे हाे ।

साथै आइतबारै राति पौने ८ बजेदेखि हुने दाेस्राे चरणकाे खेलमा भने रोयल च्यालेन्जर्स बैंगलाेर र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। आईपीएल क्रिकेटको जारी सिजनमा बैंगलार लगातार दोस्रो जितको खोजीमा रहेकाे हाे । शुरुवाती दुई खेल हारेको चेन्नाई भने आइतबार पहिलो जित निकाल्न चाहन्छ ।

त्यैगरी आईपीएल क्रिकेटमा शनिबार राति भएकाे खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी भएका छन् । गुजरातको अहमदावादमा भएको खेलमा राजस्थानले गुजरात टाइटान्सलाई ६ रनले पराजित गरेकाे थियाे । दिल्लीमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेकाे छ ।