काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।
छनोट हुने टोलीको कप्तानी इन्दु बर्मा र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने भएकी हुन् । छनोट भएका अरू खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया रहेका छन् ।
त्यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएका हुन् । यहि चैत २९ गतेदेखि रुवान्डामा आयोजना हुने प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नयाँ संरचना अनुसार पहिलो पटक हुने क्यानले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्