काठमाडाैं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले सडक आन्दोलनमा उत्रिएको छ ।
जेनजी आन्दोलन दमन गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको जाचबुझ समितिको प्रतिवेदनका आधारमा ओली पक्राउ परेका थिए । प्रतिशोधपूर्ण ढंगले ओलीको पक्राउ गरिएको भन्दै एमाले देशव्यापी रुपमा आन्दोलनमा उत्रिएको हो । एक
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले सडकमा उत्रिएको छ । जनवर्गीय संगठनका नेता, कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरे । उनीहरुले बालेन शाह नेतृत्वको सरकारविरुद्ध सड्कमा प्रदर्शन गरेका हुन् ।
सडक आन्दोलनमा लगभग दुर्लभ बनेको टायर बाल्ने प्रवृत्ति एमालेको आन्दोलनमा फेरी देखियो । हिजो मात्रै बनेको सरकारको राजीनामा माग्दै सडकमा उत्रिएका एमालेका कार्यक्रर्ता र प्रहरीबीच काठमाडौंमा केही बेर झडप समेत भयो । अध्यक्ष ओलीको पक्राउ प्रतिशोधपूर्ण भएको भन्दै तत्काल रिहाइको माग गरेको एमालेले तत्काल रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्