Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


यौनजन्य र बलात्कार पीडितलाई तत्काल न्याय दिलाउने गरी कानून संशोधन गर्ने मन्त्री गौतमको निर्णय


741
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यौनजन्य र बलात्कार पीडितलाई छिटै न्याय दिलाउने गरी कानून संशोधन गर्ने निर्णय गर्नुभएकाे छ।

मन्त्रालयमा शुक्रबार पुगर पदभार ग्रहण गर्दै उहाँले यस्ताे निर्णय गर्नुभएकाे हाे। ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा मुलुकी देवानी संहिता २०७४ र महिला बालबालिका सम्बन्धी अन्य विधाका ऐनहरूमा गर्नुपर्ने सुधारमा सम्बन्धमा सुधार गरी शीघ्र न्याय प्राप्त गर्नुपर्ने सम्बन्धमा गर्नुपर्ने कानूनी सुधारका विषयमा पहिचान गर्नेनिर्णयमा भनिएको छ ।