Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बालेन नेतृत्वकाे सरकारमा जाने १५ जना मन्त्रीको नाम टुंगो लाग्यो

अर्थमा स्वर्णिम र गृहमा सुधनलाई जिम्मेवारी

1.9k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको पनि जिम्मेवारी समाल्ने हुनुभएको हाे। स्रोतका अनुसार डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री, सुधन गुरुङ – गृहमन्त्री , शिशिर खनाल – परराष्ट्रमन्त्री, सोविता गौतम – कानूनमन्त्री र सस्मित पोखरेल – शिक्षामन्त्री बन्ने भएका छन् । त्यसैगरि सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रतिभा रावल – सामान्य प्रशासन/भूमि सहकारी तथा गरिबी निवारण मन्त्री, सीता वादी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, विराजभक्त श्रेष्ठ – उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री, निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री र गनेश पौडेल – संस्कृति/पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै बन्ने भएका हुन्।

त्यसैगरि डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्री, दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गीता चौधरी – कृषि तथा पशुपंक्षी मन्त्री बन्न लागेका छन् । साथै अमरेशकुमार सिंहलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाउन नाम राखिएता पनि हाल रद्द भएकाे छ । मन्त्रीहरुको नियुक्ति हुँदा केहीको जिम्मेवारी हेरफेर हुनुसक्ने स्राेतले जनाएकाे हाे।