काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।
पार्टीले विधान संशोधन गर्दै शाहलाई संसदीय दलको नेता चयन गरेको हो । रास्वपाले निर्वाचन अघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो । रास्वपा संसदीय दलको वैठकले बालेनलाई दलको नेता चयन गरेपछि अब उनी प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
भोलि प्रधानमन्त्रीको सपथ लिने तयारीमा रहेका शाह ईतिहासमै शक्तिशाली प्रधानमन्त्रीको कार्यकाल शुरु गर्दैछन् ।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा विहिबार अपरान्ह पहिलो पटक सहभागी भए । रास्वपा प्रवेश गरेपछि उनी अहिलेसम्म बैठकमा सहभागी भएका थिएनन् । पार्टी प्रवेश गरेयता उनी पार्टी कार्यालयमा पनि दोस्रो पटक पुगेका हुन् ।
रास्वपा मूख्यालयमा बिहिबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरेपछि बसेको संसदीय दलको वैठकले शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रधानमन्त्रीमा नियुक्त हुनका लागि संसदीय दलको नेता हुनुपर्ने रास्वपाको विधानको प्रावधान संशोधन गरेर शाहलाई संसदीय दलको नेता चयन गरिएको हो । संसदीय दलको नेता चयनसंगै अब बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।








प्रतिक्रिया दिनुहोस्