एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यदि अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको बृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना तथा सहजीकरण गर्न पाकिस्तान तयार रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएको हो । उहाँले यस क्षेत्र र विश्वकै शान्ति तथा स्थिरताका लागि मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न भइरहेकाे संवादका प्रयासहरूलाई पाकिस्तानले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गर्नुभयो ।
यसैबीच, इरानी समाचार एजेन्सी ‘तस्निम’ ले सोमबार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले प्रधानमन्त्री सरिफसँग टेलिफोनमा कुराकानी गर्दै क्षेत्रीय सहयोगप्रति तेहरानको प्रतिवद्धता पुनः दोहोर्याउनुभएको जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्