Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


प्रधानमन्त्रीको शपथ साइत शुक्रबार १२:३४ मा, बटुकले स्वस्ति वाचन र बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ । १२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।

कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । बालेननिकट स्रोतका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ । शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने जनाइएकाे छ ।