Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्याे


4.8k
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेकाे जनाएकाे छ ।

राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च हुँदा युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको हाे । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसअघि साेमबार गत शनिबार अमेरिकी डलर एकको खरिददर १ सय ४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ २४ पैसा थियो । डलरको मूल्य उच्च विन्दुमा पुग्दा नेपाली अर्थतन्त्रमा यसको बहुआयामिक प्रभाव पर्ने देखिन्छ । डलरको मूल्य बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ । तर वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा घाटा हुन्छ ।

त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिददर १ सय ७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २ सय रुपैयाँ ५० पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९० रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ ०१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएकाे हाे ।