Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


विवादको भुँमरीमा कांग्रेस (भिडियाे रिपोर्ट)


533
Shares

काठमाडौं ।
नेपाली कांग्रेस फेरि विवादको भुँमरीमा फस्ने देखिएको छ ।

विशेष महाधिवेशनपछि उत्पन्न विवाद निर्वाचनका क्रममा मत्थर भएकोमा अहिले फेरि चर्किने संभावना बढेको छ । विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र नयाँ नेतृत्व स्वीकार नगर्ने पुरानो संस्थापन आ–आफ्नै तरिकाले अघि बढ्न थालेपछि कांग्रेसमा अर्को महाभारत हुने देखिएको हो ।एक रिपोर्ट ।

विशेष परिस्थितिमा नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन भएर नयाँ नेतृत्व आएको थियो । महाधिवेशन हुनुभन्दा पहिले यसलाई रोक्न कांग्रेसको त्यतिबेलाको संस्थापन पक्ष जोडतोडका साथ लागेको थियो । तर, कसैको केही नलागेपछि देशभरका महाधिवेशन प्रतिनिधिले महाधिवेशन गरेर नेतृत्वसमेत चयन गरे ।

त्यसयता कांग्रेस विवादको विवाद साम्य हुने भन्दा भुसको आगो झैं फैलिरहेको छ । यो विवाद निर्वाचनको मुखमा केही मत्थर भएपनि अहिले फेरि सतहमा आएको छ । निर्वाचनको बेला पुरानो संस्थापनले पनि चूपचाप टिकट लिएर नयाँ नेतृत्वलाई स्वीकारेको थियो । तर, निर्वाचन परिणामपछि भने पुरानो संस्थापनले तुष ओकल्न थालेको छ । यस्तो भएपछि बर्तमान संस्थापन पक्ष निकै चिढिएको छ ।

पार्टीको निर्वाचनको समिक्षामा पनि पार्टीभित्रबाटै अन्तर्घात भएको निक्र्योल गरिसकेको छ । यही बीचमा कांगेसको देउवा समूहले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएको छ । यसले कांग्रे भित्रको विवादलाई थप सतहमा ल्याएको छ ।