Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


बीपी राजमार्ग पुन: सञ्चालनमा, जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह


364
Shares

काठमाडौं । वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। खोलाको सतह घटेपछि सडक विभाग र स्थानीय तहको सक्रियतामा क्षतिग्रस्त सडक मर्मत गरी यातायात सुचारु गरिएको हो।

काभ्रेपलाञ्चोक का प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार बाढीले विभिन्न स्थानका अस्थायी डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा ठप्प भएको थियो। अहिले सडक खुले पनि थप वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।