काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।
अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङरअसिनारहावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।
राति भने देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस्