काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम एशियामा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ ।
१२औं महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत काेष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष डा.हेमराज शर्माले जानकारी दिनुभएकाे छ । उहाँले संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम १ करोड रुपैयाँ संकलन गर्ने बताउनुभयाे । त्यो विशेष टास्क फोर्सको योजना अनुसार र पश्चिम एशियामा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गरिने उहाँकाे भनाइ छ।
साथै संघका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरूमा आबद्ध नहुने प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष शर्माले पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेकाे बताउनुभयाे ।
अहिले संकमा करिब १ लाख ३० हजार सदस्य रहेका छन् । प्रत्येक सदस्यबाट करिब १ डलरङ्संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।








प्रतिक्रिया दिनुहोस्