Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


भारतमा एक भवनमा आगलागी हुँदा ९ जनाको ज्यान गयाे


286
Shares

एजेन्सी । भारतकाे राजधानी नयाँ दिल्लीको एउटा बहुतले भवनमा बुधबार भीषण आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी अन्य तीन जना घाइते भएका हुन् । शहरको पालम क्षेत्र नजिकै रहेको राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी शुरु भएको थियो । अस्पतालमा १२ जनालाई ल्याइएको थियो । जसमध्ये नौ जनालाई मृत घोषित गरिएको र तीन जना घाइते भएका बताइएको छ ।

वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवालले मृतकको पहिचान दुई पुरुष, चार महिला र तीन बालबालिकाको रूपमा गरिएको बताएका हुन् । पोसवालले फरेन्सिक र अपराध टोलीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको र कानूनी प्रक्रिया शुरु गरिएको बताएका छन् । प्रहरीले भवनको दोस्रो र तेस्रो तल्ला आवासीय इकाइहरू रहेकाे बताएकाे हाे ।