Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कैलालीमा श्रीमानले गरे श्रीमतीको गोली हानी हत्या


52
Shares

काठमाडाैं । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएकाे समयमा २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले बताएको हाे। जिल्ला प्रहरी कार्यालय कैलालीले घरायसी विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको जनाएकाे छ ।

उनले श्रीमतीको हत्या गरेपछि सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीले जानकारी दिएकाे हाे । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतक संजिताको शव घटनास्थलमै रहेको समेत प्रहरीले बताएकाे हाे । माइती पक्ष आएपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

घटनाकाे बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएकाे हाे ।