Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको पूजा आराधना

आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर हुने अपेक्षा

130
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार पशुपतिनाथ मन्दिरकाे दर्शन गरी रुद्राभिषेक पूजा गर्नुभएको छ ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गर्नुभएको हो । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गर्नुभयो । मुलुकभरी सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उहाँले पुकार समेत गर्नुभएकाे छ ।

पशुपतिनाथ मन्दिरकाे दर्शनका लागि संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कार्यकारी निर्देशक सुवास जोशी लगायत पनि सरिक भएका थिए ।