Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


काठमाडाैं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

टुँडीखेलमा नेपाली सेनाले विशेष प्रर्दशनी गर्दै

377
Shares

काठमाडाैं ।  चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व बुधबार काठमाडाैं उपत्यकामा विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ ।

उपत्यकामा प्रचलित मध्येको साेही जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइने किंवदन्ती छ । त्यसैगरी प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा) गरी नयाँ वर्षलाई स्वागत गरिने पनि प्रचलन रहेकाे हाे । घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा समेत लिइन्छ ।

नेपाली सेनाकाे तर्फबाट बुधबारै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र युद्धकला लगायतको प्रदर्शन हुने भएकाे छ । ललितपुरको पाटनमा बुधबार नै एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ । जात्राको अवसरमा सरकारले बुधबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको हाे।