Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण स्थगित


2k
Shares

काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्तावित चीन भ्रमण स्थगित गरेका छन् ।

इरानसँगको युद्ध देखाउँदै ट्रम्पले चीनको भ्रमण पछि हुने गरी स्थगित गरेका हुन् । अमेरिका अहिले इरानसंगको युद्धमा रहेकाले आफू त्यहाँ हुनु जरुरी भएकाले भ्रमण स्थगित गर्नुपरेको उनको तर्क रहेको छ ।

चीनले हर्मुज जलडमरु खुलाउन सहयोग नगरे भ्रमण ढिला गर्ने चेतावनी यसअघि नै दिएका ट्रम्पले त्यसैलाई बहाना नबाउँदै भ्रमण स्थगित गरेका हुन् भने भ्रमणको अर्को मिति कहिले तोकिन्छ भन्ने खुलाएका छैनन् ।

अमेरिका र इसराइलले गत फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो समुद्री प्रभाव क्षेत्रमा रहेको हर्मुज जलमार्ग बन्द गरेको छ जसका कारण विश्वभर तेल र ग्यासको अभाव चर्किएको छ । यो नाका हुँदै विश्व बजारमा २० प्रतिशत तेल र ग्यास आपूर्ति हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले युद्धपोतको स्कर्टिङमा हर्मुज नाका खुलाउने योजना अघि सारे पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । चीनले पनि ट्रम्प रिसाउनले आशंकाले इरानमाथिको आक्रमणको चर्को स्वरमा विरोध गरेको छैन ।