Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडककाे निर्माण कार्य पूरा


442
Shares

काठमाडाैं । तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक खण्डकाे निर्माण कार्य पूरा भएको छ ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको हाे । साेही सडक बजार क्षेत्रमा ६ र ग्रामीण भेगमा चार ‘लेन’मा विस्तार भएको छ । आगामी पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाजनाएकाे हाे।

एसियाली विकास बैंकबाट ६ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर सडक विस्तार गरिएको हो ।