काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ७० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस पाँच हजार ४३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्