Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


जीडीपीमा ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुग्यो

८ महिनामै सरकारले लियो २ खर्ब ४ अर्ब २४ करोड रूपैयाँ ऋण

117
Shares

काठमाडाैं । कूल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कूल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ ।

चालु आर्थिक वर्षको फागुन मशान्त सम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ लिएसँगै जिडिपिमा ऋणको हिस्सा समेत बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालु आर्थिक वर्षको शुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैया रहेको जनाएकाे छ। गत फागुन मसान्तसम्ममा भने सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको कार्यालयले जानकारी गराएकाे हाे ।

जुन कूल गार्हस्थ्य उत्पादनको ४७ दशमलव १३ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ । कार्यलयले ८ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा गत फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५० दशमलव ४४ प्रतिशत रहेको हाे । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७ दशमलव ३१ र २४ दशमलव ३१ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्व २६ करोड भुक्तानी भएको छ ।

यस वार्षिक बजेट विनियोजनको आधारमा ५८ दशमलव ९४ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्ममा कूल ऋण सेवा खर्च ३ दशमलव ९७ प्रतिशत रहेको कार्यालयले जनाएकाे छ ।