Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ घाइते

हावाहुरी चल्ने सिजन भएका कारण सजक रहन मौसमविद्को आग्रह

910
Shares

काठमाडाैं । उदयपुरको कटारीमा हावाहुरीका कारण २ जनाको मृत्यु भएकाे छ।

हावाहुरीमा परी ५ जना घाइते भएका हुन् । साेमबार राति ठूलो हावाहुरी चलेकाे समयमा रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ की मिनामाया तामाङको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ। साथै घाइते सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भैरहेको छ । त्यस्तै, कटारी नगरपालिका–८ की तामाङको घरमै हावाले भाँचेको रुखको हाँगाले लागेर मृत्यु भएकाे उदयपुर प्रहरीले जनाएको हाे ।

प्रि–मनसुनको समयमा दिउँसोपछि हावाहुरी तथा मेघगर्जन र चट्या‌गसहितकाे वर्षा हुने भएका कारण सतर्क हुन मौसमविद्को आग्रह छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउनुपर्छ । हावाहुरी चलेको समयमा घरबाहिर ननिस्कन समेत मौसमविदकाे सुझाव छ।

झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्न,यात्रा गर्दा, गाडी, मोटरसाइक र साइकल चलाइरहेको समयमा हावाहुरी चलेमा सुरक्षित ठाउँमा बस्न समेत अनुराेध गरिएकाे हाे । हावाहुरी चल्दा रुख वरपर र कमजोर भौतिक संरचना भएको ठाउँमा नबस्न पनि विज्ञले आग्रह गर्दै आएका छन् ।