Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पाकिस्तानी सेनाकाे हवाई आक्रमणमा परी अफगानिस्तानमा ४ सय जनाको जीवन गयो

आक्रमणमा परी २ सय ५० जना बढी घाइते

1.6k
Shares

एजेन्सी । पाकिस्तानी सेनाले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४ सय जनाको मूत्यु भएकाे छ ।

साेही आक्रमणमा परी २ सय ५० जना भन्दा बढी घाइते भएकाे स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएकाे हाे । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । यो आक्रमणले गत महिनाको अन्त्यतिर शुरु भएको दुई देशबीचको द्वन्द्व थप गम्भीर भएको संकेत गरेको हाे ।

बारम्बार सीमापार झडपका साथै अफगानिस्तान भित्र हवाई आक्रमणका घटना भैरहेका छन् । स्थानीय सञ्चार माध्यमले पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमा निशाना बनाएकाे जनाएकाे हाे । तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा लागूऔषध प्रयोगकर्ता रहेको अस्पतालमा बम खसालेको बताउनुभयाे ।उहाँले आक्रमणको निन्दा गर्दै मानवताविरुद्धको अपराध भएको टिप्पणी गर्नुभएको छ ।

तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले तालिवान सरकारको आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाएको जिकिर गर्नुभयाे ।