Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


राष्ट्रिय लिग फुटबलमा जावलाखेलको काँक्रेबिहारमाथि शानदार जित


130
Shares

काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबले काँक्रेबिहार क्लबमाथि सानदार जित हात पारेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोल अन्तरले पराजित गरेकाे हाे। खेलमा काँक्रेबिहारले शुरुवाती अग्रता लिएता पनि फराकिलो हार खेपेकाे छ। काँक्रेबिहारका लागि दीपेन्द्र चुनाराले छैठाैं मिनेटमा गोलको खाता खोलेका थिए ।

तर त्यसपछि जावलाखेलका बाउबाकर सिसिखोले १६औं, निकोलस ह्यामिल्टनले ५०औं र इन्जुरी समयमा तथा विका दर्लामीले ६४औं मिनेटमा गोल गरेका हुन् । याे जितसँगै जावलाखेलले १० खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट काँक्रेबिहारको एक अंकरहेकाे हाे ।

१३ टोली सहभागी लिगको विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक एन्फाले जनाएको छ ।