Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


इराककाे फुटबल टोली फिफा विश्वकप प्लेअफका लागि निजी विमानमार्फत मेक्सिको जाने

खेल स्थगित गर्न इटालीका प्रशिक्षक अर्नाेल्डकाे आह्वान

39
Shares

काठमाडाैं । फिफा विश्वकपको प्लेअफका लागि इराकको फुटबल टोली निजी विमानमार्फत मेक्सिको जाने भएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नाेल्डले खेल स्थगित गर्न आह्वान गरेका हुन् । तर इराकी फुटबल संघका अध्यक्ष अदनान दिरजालले भने विश्वकप प्लेअफका लागि आफ्नो टोली निजी विमानमार्फत मेक्सिको जाने बताएका छन् । इराकले विश्वकप प्लेअफमा यहि मार्च ३१ तारिखमममा बोलिभिया तथा सुरिनामसँग खेल्ने तालिका रहेकाे हाे। अन्तरमहादेशीय प्लेअफको विजेताले विश्वकप २०२६ मा स्थान सुरक्षित गर्ने भएकाे छ ।

४८ वटा टोली सहभागी विश्वकप आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानाडामा आयोजना हुने भएकाे हाे । गत फेब्रुअरी २८ तारिखमा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएपछि मध्य पूर्वमा हवाई क्षेत्र बन्द भएको छ ।