काठमाडाैं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य चुनावमा ४ दशमलव ७ प्रतिशत मत बदर भएको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा परिमाणमा मद बदर भएको बताउनुभएकाे हाे । उहाँले २०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा बदर मत प्रतिशत ५ दशमलव ०६ प्रतिशत भएकाे समेत बताउनुभयाे ।
साथै उहाँले २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा बदर मतको प्रतिशत ५ दशमलव १८ प्रतिशत रहेकाे बताउनुभएकाे छ । २०७० सालको मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य चुनावमा ४ दशमलव ९६ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो चुनावमा भने ५ दशमलव १५ प्रतिशत मत बदर भएको थियो ।
आयोगले विगतका पाँच वटा चुनावको तुलनामा यसपटक औसतमा कम मत बदर भएको जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्