काठमाडाैं ।
गोरखामा मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
माइक्रोमा १४ जना सवार रहेकोमा घटनास्थलमै ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।








प्रतिक्रिया दिनुहोस्